२०८२ कार्तिक २९ गते शनिवार

तुलसीपुर बसपार्कमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

तुलसीपुर, पुस २४ । तुलसीपुरको बसपार्कमा बुधबार दिउँसो बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

लु.प्र २००१–ख ००४४ नम्बरको बसको ठक्करबाट दिउँसो पौैंने २ बजेतिर अन्दाजी ३० बर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । यो खबर तयार पार्दासम्म मृतकको पहिचान खुली सकेको छैन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार मृतक पश्चिम दाङको भएको भन्ने रहेको छ ।
ठक्कर दिने बस त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको रहेको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


मृतकको शब राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *