२०८२ असार ३१ गते बुधवार

बागरमा महोत्सव सञ्चालन हुने


तुलसीपुर,पुस २४ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित बागरमा महोत्सव सञ्चालन हुने भएको छ ।

फ्रेन्डस स्केट जोन प्रालि नारायणपुरको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सह–आयोजनामा महोत्सव लाग्ने भएको छ ।

आयोजकले मंगलबार बागरमा पत्रकार सम्मेलन गरि प्रथम दंगीशरण कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव–२०८१ लगाउन लागेको जानकारी दिएको हो ।

यही पुस २८ गतेदेखी माघ ८ गतेसम्म महोत्सव चल्ने मेला आयोजक समितिका संयोजक अजय बुढाथोकीले बताए ।

स्थानीय कृषि उत्पादनलाई प्रबद्र्धन गर्नुकासाथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारकालागि महोत्सव आयोजना गरिएको संयोजक बुढाथोकीको भनाई छ ।

महोत्सवमा करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । तर, टिकेट विक्री तथा स्टलबाट आम्दानी गर्ने लक्ष्य रहेको संयोजक बुढाथोकीले बताए ।

महोत्सवमा प्रवेश शूल्क एक सय रुपैँया रहेको छ । महोत्सवमा पल शाहलगायतका कलाकारहरु समेत आउनेछन् ।

अहिले महोत्सव लगाउने स्थलमा संरचना तयारीको काम भइरहेको छ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *