दाङ, पुस २३ । भूकम्पबाट चीनको तिब्बतमा हालसम्म ३६ जनाको मृत्यु भएको चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
त्यो भूकम्पवाट तिब्बतमा सबै भन्दा बढी क्षति पुगेको छ । त्यहाँ ३६ जनाको मृत्यु भएको तथा ३८ जना घाइते भएका चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। त्यो भूकम्पको धक्का नेपालका बिभिन्न जिल्लाहरुमा पनि महसुस भएको थियो ।
नेपालका विभिन्न जिल्लाहरु संगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशमा पनि धक्काहरु महसुस गरिएको खबरहरु आएका छन् ।
नेपालको पूर्व भागमा भूकम्पको बढी धक्काहरु महसुस गरेको समाचारहरु सार्वजनिक भएका छन् ।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ । दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिम्लिसिनाका अनुसार जिल्लामा हालसम्म कुनैपनि क्षतिका बिवरणहरु प्राप्त भएका छैनन् ।