२०८२ साउन १ गते बिहिवार

मलेसियामा हुने यू-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं,पुस २१ । आउदो माघ ५ गतेदेखि मलेसियामा हुने यू-–१९ महिला विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रीकेट संघ क्यानले चितवनमा भएको बन्द प्रशिक्षणबाट पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोली विश्वकप खेल्न पुस २७ गते मलेसिया प्रस्थान गर्नेछ । समूह ‘डी’ मा रहेको नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसंग खेल्नेछ ।

दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपालबाट पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ खेलाडी रहेका छन ।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *