२०८२ मङ्सिर १ गते सोमवार

युनियन दाङले गर्यो नबनिर्बाचित पदाधिकारीलाई बधाई तथा सम्मान


दाङ,पुस २० । नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघ दाङ शाखाका पदाधिकारी, सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, केन्द्रीय पदाधिकारी तथा सदस्य एवम राष्ट्रि परिषद् सदस्य, प्रदेश परिषद् सदस्यलाइ सम्मान गरेको छ ।

शाखाले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरेको हो ।

कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्यले सञ्चार क्षेत्रलाई आफ्नो नियन्त्रमा राख्न खोजेको बताए । यसका बारेमा सञ्चार क्षेत्र सचेत भएर अगाडि बढनु पर्ने समेत उनले बताए ।

‘सञ्चार क्षेत्रलाइ नियन्त्रणका ल्याएर पहिले देखि नै लागि परेको छ’ उनले भने ‘ यसका बारेमा हरेक सयममा सञ्चारकर्मीहरु सचेत हुन अवश्यक छ’ । यसका लागि कानुन ल्याउने प्रयास गदै आएको पोख्रेलले बताए ।

बिचौलीयाको कारण मिडिया क्षेत्र समस्यामा परेको समेत पोख्रेलले बताए । राज्यले विज्ञापन एजेन्सीको मार्फत सञ्चार माध्यममा विज्ञापन दिएर एजेन्सीलाइ फाइदा पुग्ने काम गरेको बताए । ‘बिचौली मार्फत विज्ञापनको कार्य गरिदा चुहावट भएको छ’ उनले भने ।

नेपाल पत्रकार महासंघ सिङगो नागरिकको आवाज बोल्ने संस्था भएकाले त्यसै अनुसार अगाडि बढनु पर्ने उनले बताए ।

‘आफनो क्षेत्रको मात्र नभइ सिङगो नागरिकको आवाज बोल्न सक्नु पर्दछ त्यसै अनुसार अगाडि बढनु पर्दछ ’ उनले भने । महासंघको गौरभपुर्ण इतिहासलाइ बाचइ राख्न समेत उनले आग्रह गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलोचना गौतमले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न महासंघले पहल गर्नु पर्ने बताइन् ।

प्रेस युनियन लुम्विनी प्रदेशका अध्यक्ष सुदीप गौतमले साझा संस्थामा कसैलाइ निषेध गर्न नहुने बताए । साँझा नेतृत्व बहन गरेर अगाडि बढन समेत उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले संकटमा रहेका सञ्चार माध्यमहरुलाइ बचाउन सामुहिक प्रयास गरिनु पर्ने बताए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारीता क्षेत्रमा देखिएका समस्या समाधान गदै अगाडि बढन नेतृत्वलाइ सुझाव दिएका थिए ।

उनीहरुले सबैको सहयोगमा नै समस्याको समाधान गर्न सकिने बताए ।

त्यस अवसरमा महासंघका केन्द्रीय सदस्य लिला शाह, प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, महासंघका सल्लाहाकार दुर्गालाल केसी, प्रेस चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, महासंघका उपाध्क्ष नारायणी रजौरे, सचिव जे एन सागर, राष्ट्रिय परिषद् सदस्य तथा युनियनका पुर्व अध्यक्ष शुसिल बस्नेत लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रम युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष गोपाल शर्मा भट्टराइको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव अमरक्षितीज भण्डारीले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका पदाधिकारी, सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, केन्द्रीय पदाधिकारी तथा सदस्य एवम राष्ट्रि परिषद् सदस्य, प्रदेश परिषद् सदस्यलाइ टीका र माला लगाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *