रोल्पा,पुस १९ । गाडी दुर्घटना हुँदा रोल्पामा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको सुलिचौरबाट फगाम धुंसी जाँदै गरेको लु१ज ४८९८९ नम्वरको यात्रुवाहक जीप गएराति दुर्घटना भएको हो ।
दुर्घटनामा परी फगाम धुम्सीकी ५७ वर्षिया गौना रोकाको निधन भएको वडाध्यक्ष अमरजीत पुनले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी घाइते तीन जनामध्ये २ जनाको २ जनाको सुलिचौरमा प्राथमिक उपचार घर फर्किएका छन भने फगाम धुम्सीका ३५ वर्षिय तिलबहादुर घर्तीको लुम्बिनी सिटी हस्पिटल बुटवलमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार