२०८२ कार्तिक २१ गते शुक्रवार

स्कुल बसको ठक्करबाट एक जना घाइते


बिजौरी,पुस १८ । बिजौरीमा स्कुल बसको ठक्करबाट एक जना घाइते भएका छन् ।

बिहीबार बिहान १० बजेको समयमा न्यु स्टार बोडिंग स्कुलको रा १ क १४५५ नं. को बसले सडकमा काम गरिरहेका व्यक्तिलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट सडकमा काम गरिरहेका सल्यान बागचौर नगरपालिका वडा नं. २ निवासी ६५ वर्षीय रविलाल केसी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बसको ठक्करबाट केसीलाई टाउकोमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उहचार भई रहेको छ ।

बस र चालक तुलसीपुर १७ निवासी ५७ वर्षीय अर्जुन कुवरलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *