दाङ, पुस १६ । प्यूठानका नगरपालिकाले प्रस्ताबित पर्दशनी स्थल टिकुरी बसपार्क बाग्दुलामा पुस ५ गतेदेखि सञ्चालन भएको प्रथम भित्रीकोट प्यूठान महोत्सव रद्द गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख बिष्णुबहादुर योगीले स्थानीयको जिउ धनको असुरक्षाका साथै स्थानीयको गुनासोको आधारमा महोत्सव सञ्चालनका लागि दिएको अनुमति रद्द गरिएको सोमबार बेलुकी सार्वजनिक सूचना मार्फत बताएका छन् ।
बिज्ञप्तिमा नगर प्रमुख योगीले महत्सव रद्द गर्नुको प्रमुख कारण स्थानीयको गुनासो र जिउधनको असुरक्षालाई उल्लेख गरेका छन् ।
पुस ५ गतेदेखि १७ गतेसम्म सञ्चालन गर्न दिने बारे यसअघि नगरले आँफै अनुमति प्रदान गरेको थियो । महोत्सवको अवधि दुई दिन बाँकी छँदा नगरले महोत्सव रद्द गरेपछि प्यूठान उद्योग बाणिज्य संघले त्यसको बिरोध गरेको छ ।
महोत्सव एकाएक रद्द गरिएको प्रति दुःख ब्यक्त गर्दै त्यसप्रति आफ्नो ध्यानाकर्षया भएको बाणिज्य संघका पदाधिकारीकाहरुले सार्वजनिक बिज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।
बाणिज्य संघका अध्यक्ष प्यारअली खान र सचिव कमल पौडेलले संयुक्त बक्तब्य जारी गर्दै पूर्व निर्धारित कार्यक्रम अनुसार बुधबार मात्रै महोत्सव समापन हुने उल्लेख गरेका छन् ।
उत्पन्न बिबाद समाधानका लागि अहिले सरोकारवालाहरुका बीचमा छलफल भइ रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले बताए ।
महोत्सवमा बेहोस भएका ब्यक्तिको मृत्यु
महोत्सवमा बेहोस भएका ब्यक्तिको उपचारका क्रममा सोमाबार बेलुका मृत्यु भएको थियो ।
प्यूठान जिल्लाको प्यूठान नगरपालिका – १ घर भइ हाल प्यूठान – १ बिजुवारमा बस्दै आएका ६० बर्षीय कमल नेपाली सोमबार दिउँसो प्रथम भित्रीकोट प्यूठान महोत्सव हेर्न गएको बेला एक्कासी बेहोस भएका थिए ।
नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पु¥याइएको थियो ।
उपचारका क्रममा उनको बेलुकी सवा ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।