दाङ, पुस ११ । अनियन्त्रित भइ पल्टिएको स्कुटर सडक किनारमै छ । तर, त्यसमा सवार दुबै जना भीरबाट र्दुइ सय मिटर मुनी खोलामा फेला परे । यो दुर्घटना गुल्मीको हो ।
बिहीबार बेलुका पाँच बजेतिर लु १७ प १६४४ नम्बरको स्कुटर सडक किनारमै पल्टिएको अवस्थामा फेला परेको थियो ।
मजुवा–रिडी सडक खण्ड अन्तरगत चन्द्रकोट –७ च्यूरेनी भिरको माथि सडक किनारमै स्कुटर फेला परेपनि त्यसमा सवार दुई जना भने झन्डै दुई सय मिटर मुनी सिस्नेखोलामा खस्न पुगेका थिए ।
उनीहरु थिए, चन्द्रकोट गाउँपालिका – ६ का ४० वर्षीय किरण थापा र ३२ वर्षीय विनोद विक ।
खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला परेका उनीहरुलाई अस्पताल पु¥याउनासाथ चिकित्सले मृत घोषणा गरेको गुल्मीका प्रहरी प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार
