२०८२ कार्तिक २१ गते शुक्रवार

घोराहीले डाक्टर र इञ्जियिनर पढ्ने विद्यार्थीलाई जनही ५ र ३ लाख दिने

तुलसीपुर, पुस ११ । दाङको घोराही उपमहानगरपालिकाले नगरका बसोबासी डाक्टर र इञ्जियिनर पढ्दै आएका बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ ।

डाक्टर पढ्नेलाई छात्रबृत्ती बाफत एक मुष्ट पाँच लाख र इञ्जिनियर पढ्नेलाई एकमुष्ट तीन लाख प्रदान गर्ने गरि घोराहीले सार्वजनिक सूचना आह्वान गरेको छ । घोराहीले पहिलो पटक यस्तो छात्रबृत्तीको लागि निबेदन आह्वान गरेको हो ।

त्यस्ता बिद्यार्थीले पुस ८ गतेदेखि माघ ८ गतेसम्म सामाजिक बिकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निबेदन दिन भनिएको छ ।
यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालय वाट गरेको हुनुपर्ने सर्त राखिएको छ ।

यस्ता विद्यार्थी घोराही नगरबासी हुनुपर्ने छ । अन्य कुनैपनि प्रकारको छात्रबृत्ती प्रदान नगरेको, बिद्यार्थीले प्राप्त गरेको जिपिएलाई प्रमुख आधार मानिने , नेपाली नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्ने, बिद्यालयमा भर्ना भएको रसिद वा परिचय पत्र चाहिने, हाल अध्यनरत संस्थाको पत्र चाहिने सर्तहरु पुरा गरेको हुनुपर्ने छ ।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *