दाङ, पुस १० । नेकपा एमालेले आफ्ना पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पार्टी बाटै निस्कासित गरेको छ ।
पूर्वउपाध्यक्ष रावलले पार्टी भित्र अध्यक्ष केपी शर्मा ओलीका साथै नीतिगत प्रश्न उठाउँदै आएका थिए ।
बुधबार बसेको सचिवालय बैठकले तीन जनालाई कारबाही गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
अरु दुई जना कारबाही भोग्नेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेना रहेका छन् । उनीहरुलाई ६ ÷ ६ महिना पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय बैठकले गरेको छ ।
पाण्डे र तिम्सेनाले व्यवसायी मीनबहादुर गुरूङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउने अध्यक्ष ओलीको निर्णयको बिरोध सार्वजनिक रुपमा सामाजिक सञ्जालहरु मार्फत गरेका थिए । पाण्डे र तिम्सेनालाई एमालेले स्पष्टीकरणपनि सोधेको थियो।
प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार