२०८१ चैत्र ६ गते बुधवार

जिल्ला लिग जारी, लक्ष्य र एसएसएफएले अंक बाँडे


लक्ष्मण बस्नेत,
तुलसीपुर, असार ५। दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ मा लक्ष्य युवा क्लव मलवार र स्पोर्टस् स्कुल फुटबल एकाडेमी तुलसीपुरले अंक बाँडेका छ्न् । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा दुबै टिमले निर्धारित समयसम्म गोल रहित बराबरी खेलेपछि एक÷एक अंक बाँडेका हुन् ।

अरनिको खेल मैदानमा आफूलाई लिगको दाबेदारी प्रस्तुत गरेका दुबै टिमका थुप्रै गोल हुने अवसर भएपनि गोलपोस्टको जाली चुम्न सकेन । जारी लिगमा लक्ष्य युवा क्लवले आफ्ना दुई खेल ड्र गर्दै २ अंक बटुलेको छ भने एसएसएफएको पहिलो खेल ड्र हुँदै १ अंक छ । त्यस्तै सक्सेस युथ क्लब एक खेल जित्दै ३ अंक हात पार्न सफल भएको छ । यसैबीच शुक्रबार बेलुका सवा ५ बजे हुने खेलमा टाईगर युवा क्लव र युनाइटेड युथ क्लवबीच खेल हुनेछ ।

 

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *