२०८२ असार २४ गते बुधवार

जिप दुर्घटनामा श्रीमान–श्रीमतिसहित चालकको मृत्यु


दाङ, मंसिर २९ । बुटवलको तिनाउ पुलमा बोलेर जिप दुर्घटना हुँदा श्रीमान–श्रीमतिसहित चालकको मृत्यु भएको छ।


बुटवल उपमहानगरपालिका –१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको इलाक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

दमकी बिरामी गौरी खनाललाई उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल लैजाने क्रममा तीब्र गतिको जिप अनियन्त्रित भइ पुलको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

पश्चिम तर्फबाट जाँदै गरेको जिप तिनाउ पुल पार गरिसके पछिको मोडमा दुर्घटनामा परेको थियो ।
दुर्घटना मध्य रातिमा भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *