तुलसीपुर,मंसिर २६ । तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
तुलसीपुर- ४ घोरनेटी कल्लेखोला निवासी १८ वर्षका सन्दिप वलीको बुधबार बिहान उपचारको क्रममामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत मंसिर २३ गते तुलसीपुर-४ ठुला खाली खाद्रे बनहरीबाट तुलसीपुर तर्फ आउदै गरेको लु.प्र.०२-००१ प १७१७ नंम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको थियो ।
सोही दुर्घटनामा घाइते मोटरसाइकल चालक तुलसीपुर-४ कल्लेखोला निवासी १७ वर्षका गणेश खड्को अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर ३ का दिपेन्द्र वलीको यश अघि नै मृत्यु भएको थियोे ।
प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार