२०८१ माघ १० गते बिहिवार

दाङ र बाँकेमा हाइस र बस दुर्घटना


द्याङ, मंसिर २४ । दाङको राप्ती गाउँपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिकामा हाइस र बस दुर्घटनामा परेका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार राप्ती गाउँपालिका–३ स्थित कटेशखोला नजिक राति लु २ ख ४२०४ नम्बरको हाइस गाडी दुर्घटनामा परेको अवस्थामा फेला परेको थियो । घटनाबारे प्रहरीले कसैलाई सूचना नदिएपनि प्रहरीले गस्तिका क्रममा दुर्घटनाग्रस्त अवस्थामा गाडी फेला पारेको थियो ।

घाइते खोज्दै जाँदा सिसहनिया स्वास्थ्य चौकीमा दुई जना सामान्ने घाइते फेला परेको प्रहरीले बताएको छ । उनीहरु आँफै उपचारका लागि त्यहाँ पुगेका थिए ।
गाडी धनिले आँफु आएपछि मात्रै गाडी उठाउने भनेका कारण दुर्घटनामा परेको हायस सडकमै रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ आउँदै थियो ।

त्यस्तै काठमाडौंबाट धनगडी तर्फ जाँदै गरेको बस सोमबार बिहान बाँकेमा दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तगरगत बाँकेको राप्ती सोनारी गाउँपालिका – ८ मगुवामा सु.प.प ०१ –००१ ख ३६४४ नम्बरको बस दुर्घटनामा परेको छ । बिपरित दिशावाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा बस रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

बस झन्डै पाँच मिटर मुनी खसेको प्रहरीले जानकारी दिएको छ । चालक कैलालीको गोदाबरी नगरपालिका – १ का ३६ बर्षीय रामबहादुर डाँगी प्रहरी नियन्त्रणमा छन् ।
घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्ट नेतृत्वको नौं जनाको टोली घटनास्थल पुगेको थियो ।


प्रहरीका अनुसार बसमा २४ यात्रु सवार थिए । दुर्घटनामा परि दुई जना सामान्ने घाइते भएको र उनीहरु आँफुखुसी कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि गएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *