२०८१ माघ ९ गते बुधवार

ज्ञान दीपकाे उत्कृष्ट नतिजा, बिबिएस संकाय तर्फ पुष्पा लुम्बिनी प्रदेश प्रथम

तुलसीपुर ,मंसिर २१, दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउदै लुम्बिनी प्रदेश प्रथम भएको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो बर्षकाे नतिजामा ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारी उत्कृट नतिजा सहित लुम्बिनी प्रदेश प्रथम भएकी छिन ।

बिबिएस चौथो बर्ष तर्फ ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारीले ८१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेश प्रथम गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार के.सी.ले जानकारी दिए ।

त्यस्तै भण्डारी सहित सोही संकायमा अध्ययनरत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका छन ।

यस कलेजले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ ।

ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *