२०८२ कार्तिक २४ गते सोमवार

जाजरकोटमा जिप दुर्घटनामा परि दुई जनाको मृत्यु, दाङका चौधरी गम्भीर घाइते

दाङ, मंसिर २० । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् ।

दुर्घटनामा परि कैलालीका २५ बर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि दाङको घोराही उपमहानगरपालिका–८ का कमल चौधरी गम्भीर घाइते भएका छन् । चौधरीलाई थप उपचारका लागि बाँकेकाको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

मृतक र घाइते सबै मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डअन्तर्गत स्याउलीबजारमा सडक स्तरोन्नतिको काममा खटिएका थिए । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा गएराति बोलेरो जिप दुर्घटनामा परेको थियो ।


कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *