लक्ष्मण बस्नेत , तुलसीपुर, मंसिर १९ । दाङको तुलसीपुरमा दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।
फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरले प्रतियोगिता आयोजना गर्न थालेको हो ।
पुस ११ गतेदेखि अरनिको मैदानमा प्रतियोगिता सुरु हुने छ ।
फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको बिजेता, उपबिजेता र तृतिय स्थान हासिल गर्ने टिमलाई क्रमश ः नगद ५०, ३० र १५ हजार पुस्कार प्रदान गरिने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु एरीले जानकारी दिएका छन् ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुम लगाएत जिल्लाका झन्डै १२ टिमको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ ।
टिम दर्ताका लागि ५ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको खेल तालिका टाइसेट पुस १० गते दिउँसो ४ बजे प्रकाशित गरिने भएको छ ।