तुलसीपुर, मंसिर १९ । दाङको घोराहीबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
दाङको घोराही उपमहानगरपालिका – १३ बर्माचोकवाट रोल्पाको परिवर्तन गाउँपालिका – ६ का ३० बर्षीय वीरेन्द्र बुढा मगरलाई प्रहरीले मंगलबार बेलुकी पक्राउ गरेको हो ।
उनको साथवाट पाँच पुडिया धागोले बाँधी लुकाइ छिपाइ राखेको अवस्थामा ३ ग्राम ४२० मिली ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद भएको थियो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाको नेतृत्वमा पुगेको प्रहरी टोलीले संकाष्पद अवस्थमा हिडिरहेका मगरलाई खानतलासी गर्दा ब्राउन सुगर बरामद भएको थियो ।
पक्राउ परेका युवक बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार