२०८१ माघ ९ गते बुधवार

नेपालगञ्जले किन बनाइ रहेको छ, १० करोड बढी खर्चेर हनुमानको मुर्ति ?

दाङ, मंसिर १८ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – २ हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण गरि रहेको छ । भ्याटसहित १० करोड ११ लाख ५२ हजार ४ सय ९४ रुपैयाँ २९ पैसामा ठेक्का सम्झौता भइ मूर्ति निर्माणको काम धमाधम रुपमा अगाडि बढाएको छ । यति धेरै खर्च गरेर किन नेपालगञ्जले हमुमानको मुर्ति बनाउन लागेको हो ?

नेपालगञ्जका मेयर प्रशान्त विष्टले नेपालगञ्जलाई भारतको अयोध्यासंग धार्मिक सर्किटका रुपमा जोड्ने नेपालकै ठूलो हनुमान मुर्ति निर्माण थालिएको बताए ।
भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर निर्माण गरिएको हुँदा धर्मग्रन्थ अनुसार राम र हनुमानका बीचको धार्मिक सर्किट बनाउनका लागि बडेमानको हनुमान मुर्ति निर्माण थालिएको काँग्रेसका युवा नेतासमेत रहेका मेयर बिष्ट बताउँछन् ।

हनुमान मुर्ति निर्माण पछि पूर्वको जनकपुर र नेपालगञ्जका बीचमा पनि धार्मिक सर्किट निर्माण हुने उनले आशा ब्यक्त गरे ।
नेपालगञ्ज हुँदै सालिन्दा सयौं धार्मिक पर्यटक मानसरोवरको यात्रामा जाने तिर्थ आत्रुको संख्या ठूलो रहेको हुँदा उनीहरुलाई पनि नेपालगञ्जमा थप केही दिन रोक्न सजिलो हुने मेयर बिष्टको तर्क छ ।

‘नेपालगञ्जको जमुनाहा नाका पश्चिम नेपालकै एउटा ठूलो भन्सार नाकापनि रहेको हुँदा भविश्यमा धार्मिक सर्किटका रुपमा बिकास गर्न विश्वकै तेस्रो ठूलो तथा अग्लो हनुमान मुर्ति निर्माण गर्न थालिएको हो,’ को मेयर बिष्टले भने ।

नेपालगञ्ज उपमहानगरपालिकाले हनुमानको मुर्ति निर्माण गरेपनि त्यो बाहेक बाहिरी आवरण, सजावट, चिल्ड्रेन पार्क लगायका अन्य संरचना निर्माणका लागि लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड बिक्रम न्यौंपानेलाई अनुरोध गरिएको मेयर बिष्टले बताए ।

नेपालगंजको प्रमुख मन्दिर बागेश्वरीको निर्माण कार्यपनि चलिरहेको, मन्दिरको छाना फालेर अहिले तामाको छाना हालिएको, त्यसको नजिकै हमुमान मुर्ति निर्माण थालिएको र बागेश्वरी मन्दिरको पूर्वको तलाव ‘जुंगे महाराज’लाई भाटेर सुन्दर पर्यटकीय क्षेत्र निर्माणको काम भइ रहेको छ ।

सन २०२३ को १७ मार्चमा हनुमान मुर्ति निर्माणको सम्झौता भएको थियो । जम्बुदिप कन्स्ट्रक्सन प्रालि वसुन्धरा काठमाडौँले दुई वर्षभित्र काम पुरा गर्ने गरी निर्माणको जिम्मा लिएर काम गरि रहेको छ ।


हालसम्म फाउन्डेसन र प्लेटफर्मको काम सकिएको छ । हनुमान मुर्तिको खुट्टाको पाइतला निर्माणको काम बर्षा अघि नै सकिएको सिभिल इन्जिनियर सुरज शर्माले बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *