तुलसीपुर,मंसिर १८ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार बेलुका करिब साढे ६ बजेतिर घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा रा १ ख १२९१ नम्बरको टिपरले रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका -१९ निवासी १९ वर्षिय सुदिप बुढाथोकी रहेका छन् । उनको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
उनीसंगै सवार तुलसीपुर उपमहानगरपालिका १७ निवासी २२ वर्षिय दिपक बस्नेत घाइते भएका छन् ।
प्रहरीले ठक्कर दिने सवारी र चालक घोराही-१० डोक्रेना निवासी ४० वर्षीय जित बहादुर चौधरीलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार