तुलसीपुर, मंसिर १५ । दाङको बबई गाउँपालिका वडा नं. ६ पञ्चकुलेका ३८ बर्षीय मोहनलाल बुढाथोकी ठगी आरोपमा पक्राउ परेका छन् ।
अमेरिका पठाउने भन्दै बिभिन्न ब्यक्तिहरुलाई लाखौं ठगी गरेको उजुरी पछि मंसिर ३ गते बुढाथोकी पक्राउ परेका थिए ।
तुलसीपुरका तीन जना ब्यक्तिले बुढाथोकीले आँफुहरुलाई अमेरिका पठाइदिने प्रलोभनमा पारी लाखौं ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएका थिए ।
पीडित तीन जना ब्यक्ति मध्य बुढाथोकीका बिरुद्ध एक जनाको ४५ लाख, अर्काले २२ र अर्का एक जनाले पनि २० लाख ठगी गरेको प्रहरीमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले तीन जनाको उजुरी पछि बुढाथोकीलाई मंसिर ३ गते पक्राउ गरिएको जानकारी दिए ।
बुढाथोकीमाथि अन्य बिभिन्न ब्यक्तिहरुले पनि ठगीको आरोप लगाएका छन् । उनी पक्राउ परेको थाहाँ पाएपछि प्रहरीमा फोन गरि आँफुपनि ठगिएको भन्नेहरु बढेको प्रहरी बताउँछ ।
गत कात्तिक २ गते मात्रै बुढाथोकीलाई अमेरिका पठाइदिने प्रलोभनमा आँफुहरुलाई ठूलो रकम ठगी गरेको भन्दै एक समुहले बन्धक बनाइ प्यूठान पु¥याएको थियो ।
प्रहरीले मध्य राति प्यूठानवाट उनको उद्धार गरेको थियो । बन्धक बनाउने समुहसहित पक्राउ गरि दाङ ल्याइएपनि बुढाथोकीले कसैलाई पनि उजुरी नदिएको हुँदा उनीहरु छटेका थिए ।