तुलसीपुर, मंसिर १२ । मोटरसाइकलको ठक्करबाट लमही नगरपालिकामा कार्यरत एक जना कर्मचारी घाइते भएकी छन् ।
घोराही उपमहानगरपालिका – १५ घर भई हाल लमही नगरपालिकाको सहकारी शाखामा कार्यरत ४० वर्षीया लक्ष्मी सुवेदी भाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।
बुधबार बेलुका साढे चार बजेतिर कार्यालयको काम सेकर घर तर्फ आउँदै गरेकी पैदल यात्रु सुबेदीलाई लमही बाट गढवा तर्फ जाँदै गरेको रा ३ प २७४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट सुवेदीको शरिरको विभिन्न भागमा चोट पटक लागेको छ । घाइते सुबेदीलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेका लागि रिफर गरिएको छ ।
मोटरसाइकल चालक लमही नगरपालिका – ५ कोलहीका १७ बर्षीय अजित चौधरीपनि घाइते छन् । चौधरीको अनुहार, हात खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । लमहीमा उपचार पछि चालक चौधरीलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।