२०८२ कार्तिक २४ गते सोमवार

पाटे बाघको छालासहित एक जना पक्राउ


दाङ, मंसिर १० । कपिलबस्तु प्रहरीले पाटे बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका – ५ गोलपार्कका ४१ वर्षीइ विष्णुप्रसाद भट्टराई रहेका छन् ।

सुराकका आधारमा कपिलवस्तुको शिवराज नगरपालिका –२ हल्लानगरस्थित करूणा रेष्टुरेन्ट एण्ड लज बाहिरबाट प्रहरी निरीक्षक सुजन शाह नेतृत्वको सादा पोशाकको प्रहरीले उनलाई आइतबार बेलुकी पाँच बजेतिर पक्राउ गरेको थियो ।


बिष्णुले बोकेको बोराभित्र बाघको छाला बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मोहनमणि अधिकारीले फरककोणलाई बताए । प्रहरी संगको बयानमा पक्राउ परेका बिष्णुले उक्त छाला भारतिय नागरिक संग तीन लाखमा किनेको बताएको डिएसपी अधिकारीले बताए ।

बरामद छाला टाउकोदेखि पुच्छरसम्म ६ फिट लम्बाई को छ भने पुच्छरको भाग २ फिट २ इन्च लम्बाईको छ ।
चार वटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो तीन वटा सानो प्वाँल छालमा देखिएको प्रहरीले बताएको छ ।


बरामद छालासहित पक्राउ परेका ब्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रौटा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *