सुशील बस्नेत,तुलसीपुर,मंसिर ६ । लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन तथा बिकासका लागि नीति बनाउनुपर्नेमा जोड दिईएको छ ।
संवाद समुहले बुधबार राप्ती उपत्यका भालुवाङमा आयोजना गरेको लुृम्बिनी प्रदेशको संस्कृतिक तथा पर्यटन नीति बिषयक नीति संवादमा सहभागिहरुले नीति बिनाको पर्यटन बिकास र प्रवद्र्धन हुन नसक्ने स्पष्ट पारेका छन् ।
पर्यटनको बिबिध क्षेत्रको हिसावले लुम्बिनी प्रदेशमा अधिक सम्पदाहरु रहेपनि पर्यटकहरुलाई आकर्षण गर्न नसकेको स्वीकार समेत गरिएको छ ।
नीति संवादमा अवधारणा प्रस्तुत गर्दै उद्योग,पर्यटन तथा यातायात मन्त्रालयका बरिष्ठ अधिकृत गणेश घिमिरेले बिश्व सम्पदा सूचीकृत क्षेत्र लुम्बिनी लगायतका धार्मिक तथा सांस्कृति क्षेत्र,पर्या पर्यटन क्षेत्र,ऐतिहासीक बाईसे चौबिसे राज्यका राजधानीका रुपमा कोट र किल्लाहरु,युद्ध पर्यटनको रुपमा रोल्पाको टिला,चुनावाङ,गाम लगायतका स्थलको बारेमा चर्चा गरेका थिए ।
लुम्बिनी प्रदेशका भैरहवा,बुटवल, नेपालगन्ज कोहलपुर महत्वपूर्ण औद्योगिक तथा ब्यापारिक क्षेत्र,गौतम बुद्ध अन्तराष्ट्रिय बिमान स्थलका बारेमा घिमिरेले चर्चा गरे ।
तर पनि प्रदेशको नीति तथा कानून निर्माण हुन नसकेको बताए । प्रदेशको नयाँ पर्यटन ऐन तर्जुमा गर्नुपर्ने, पर्यटन उद्योगलाई अन्य सरह सेवा सुबिधा उपलब्ध गराउने ब्यबस्था हुनुपर्ने, पर्यटन सम्बन्धि कानूनहरु तर्जुमा गर्दा संघीय कानूनलाई आधार मानेर तर्जुमा गरिनुपर्ने र बिषयगत नीति तथा कानूनहरु तर्जुमा गर्दा नीतिगत सामन्जस्यता काम गरिनुपर्ने सहभागिहरुले जोड दिएका थिए ।
होटल दर्ता गर्दा ५ लाख रुपैया धरौटि राख्नु पर्ने ब्यबस्थालाई हटाउनुपर्ने, होटल ब्यबसायलाई उद्योगको रुपमा समाबेश गरिनुपर्ने लगायतका बिषयमा नीति संवादमा साझा बुझाई भएको छ
नीति संवादमा सम्बोधन गर्नुहुदै मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले नीति निर्माण गरिनेमा प्रतिबद्धता जनाए । उनले उद्योगको क्षेत्रमा होटल ब्यबसायलाई समेटने गरि कानून बनाईने बताए ।
त्यसअवसरमा गुल्मीको रुरु गाँउपालिकाका अध्यक्ष यदु ज्ञवाली, थारु संस्कृतबिद् अशोक थारु, डा.शिबप्रसाद सुबेदी र टंकराज पाण्डे,लुम्बिनी बिकास कोषका हरिध्वज राई र हिमाल उप्रेती,पर्यटन डिभिजन कार्यालय बाँकेका टंकनाथ खनाल, होटल ब्यबसायी कृण्ण भुषाल भट्टराई र महेश बेल्बासे,अवध समुदायका अभियान्ता बिक्रममणी त्रिपुरी,मुस्लीम समुदायका मोहमद हारुन खाँ,बादी समुदायका निर्मल नेपाली,कुमाल समुदायका प्रेम कुमाल र होमस्टे सञ्चालक सुर्यप्रसाद चौधरी लगायतले नीति र कानून सबैलाई समेटने गरि बनाउनुपर्ने सुझाब दिए ।
नीति संवादमा बरिष्ठ सहजकर्ता सुशील बस्नेतले सहजिकरण गर्नुभएको थियो भने स्वागत मन्तब्य सहजकर्ता बिक्रम खड्काले गरेका थिए ।

