दाङ , मंसिर ५ । कपिलवस्तु प्रहरीले लागुऔषध र ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागुऔषध मुद्दाका फरार प्रतिबादी जिल्लाको शिवराज नगरपालिका–९ रमुबादहका नबहादुर बुढा मगर र ठगी मुद्दाका फरार प्रतिबादी जिल्लाको यशोधरा गाउँपालिका बस्ने परमपति कुर्मीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको टोलीले लागुऔषध मुद्दाका मगरलाई मंसिर २ गते र ठगी मुद्दाकी फरार प्रतिवादी कुर्मीलाई मंसिर ४ गते पक्राउ गरेको हो। त्यसयता उनी फरार थिए । तोकिएको सजाय भुक्तान गर्नका लागि उनी कारागार चलान गरिएका छन् ।
त्यस्तै ठगी मुद्दामा २०८० चैत २६ गते अदालतले कुर्मीलाई ६ महिना कैद र ५ हजार जरिवाना तोकेको थियो। कुर्मीलाई जिल्लाबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ पछि अदालत पेश गरिएपछि उनलाई पनि अदालतको आदेशसले कारागार चलान गरिएको डिएसपी अधिकारीले जानकारी दिएका छन् ।