
लक्ष्मण बस्नेत,
दाङ, असार ३ । दाङ जिल्ला स्तरिय लिग फुटबल प्रतियोगिता २०७६ मंगलवार देखि अरनिको मैदान तुलसिपुरमा सुरु भएको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको मंगलवार सम्पन्न खेलमा लक्ष्य युवा क्लब मलवार र टाईगर क्लब दमारगाउले अंक बाडेका छ्न् ।
उल्लेख्य दर्शकको उपस्थितिमा भएको शसक्त र शानदार खेलको निर्धारित समय सिमा मा गोल रहित बराबरी भएपछी दुबै टिमले एक एक अंक बाढ्न बाध्य भएका हुन्। यसैबिच लिग फुटबलमा बुधबार बेलुका सवा ५ बजे युनाईटेड युथ क्लब तुलसिपुर र सक्कसेस फुटबल क्लब भिड्नेछन्।

प्रतियोगिता अन्तरगत लिग चरणका खेल तुलसिपुर अरनिको मैदान र घोराही भरतपुर खेल मैदानमा हुनेछन्। तुलसिपुर र घोराही क्षेत्र मा ५ /५ टिमको सहभागिता रहेको छ। यसैबिच लक्ष्य युवा क्लब तुलसिपुर १५ मलवारलाई जय बागेश्वरी ज्वलर्स तुलसिपुरले जर्सी प्रदान गरेको छ ।
अरनिको मैदान तुलसिपुरमा एक कार्यक्रमको आयोजना गरि जय बागेश्वरी ज्वलर्सका प्रोपाईटर युवा व्यावसायि पुर्व क्रीकेट खेलाडी खेलप्रेमी कमल डागिले क्लबका अध्यक्ष लक्ष्मण बस्नेत र सचिव सुरेन्द्र चौधरी (सुबोध) लाई प्रदान गर्नु भएको हो । कार्यक्रममा आफू खेलकुद क्षेत्रको बिकासमा होमिएको पुर्व खेलाडी,खेलप्रेमी भएकै कारण क्लबलाई हौसला स्वरुप जर्सी प्रदान गरिएको डागिले बताउनु भयो ।