२०८२ कार्तिक २१ गते शुक्रवार

विद्यार्थीको पहिचान गरिने

सल्यान, मसिर ३ । छत्रेश्वरी गाउँपालिकामा बालिका तथा समावेसी शिक्षा संजालको गाउँपालिका स्तरिय बैठक भयो ।


बैठकले बालिका तथा समावेशी शिक्षाको महत्वलाई प्राथमिकतामा राख्दै, संजालको गठन र सञ्चालनसम्बन्धी कार्यविधि, २०८१ को मस्यौदामाथि छलफल गरेको छ ।

मस्यौदा कार्यपालिका बैठकमा पेश गर्ने निर्णयसँगै, गाउँपालिकाभित्र रहेका विद्यार्थीको अपांगता पहिचानका लागि विशेष शिविर सञ्चालन गर्ने योजना समेत तय गरिएको सञ्जालका सदस्य सचिव तथा छत्रेश्वरी गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले बताए ।

गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले समावेसी शिक्षाले मात्र समाजमा समानता र न्याय सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे । समावेशी शिक्षाको महत्वका बारेमा अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवालालाई जानकारी गराउनुपर्ने बताए ।
उनले बालिका र समावेशी शिक्षाका लागि परिणाममुखी काम गर्न सबै सरोकारवालालाई अभियानमा सहयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा पालिका स्तरिय सञ्जालका संयोजक तथा गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्रीले विद्यालयमा वा विद्यालय आउजाउ गर्दा अन्य स्थानमा बालवालिका माथि हुन सक्ने विभिन्न भेदभाव, दुव्र्यवहार, हिंसा तथा हेपाइ न्यूनिकरणका लागि समावेशी शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले शिक्षामा गरिएको लगानीले दिगो विकास र समतामूलक समाज निर्माणको आधार तयार गर्न सक्ने बताए ।

स्ट्रीट चाइल्ड अफ नेपालका प्रवन्धक सञ्जय बुढाथोकीले सञ्जाल गठनमा मात्र सिमित नभइ कार्यान्वयनमा पनि तदारुकता देखाउनुपर्ने धारणा राख्दै बालबालिका, विशेष गरी सीमान्तकृत समुदाय र अपांगता भएका बालबालिकाको शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

छत्रेश्वरी गाउँपालिकाका प्रारम्भीक विवरण अनुसार ९३ जना विद्यार्थीमा अपांगता भएको हुनसक्ने अवस्था देखिएकाले अपांगता पहिचानका लागि लगत्तै शिविर सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *