
तुलसीपुर, मंसिर २ । तुलसीपुरको गोठीखोलामा अभिभावक बिहिन अवस्थामा डेढ बर्षे एक बालक फेला परेका छन् ।
आइतबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका – ३ गोठीखोलामा अभिभावक बिहिनी अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
सम्बन्धित अभिभावकलाई सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । ती बालकलाई मानव सेवा आश्रम तुलसीपुरमा राखिएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार

