२०८१ मङ्सिर १९ गते बुधवार

मानबहादुर रावतले ६५ जना दलितलाई ‘पूर्णबहादुरको सारङ्गी’ देखाउन किन लगे ?

काँग्रेस नेता भन्छन् – त्यो सरकारी रकमको दुरुपयोग हो

तुलसीपुर, कात्तिक २८ । तुलसीपुर उपमहानगरपालिका – ११ नम्बर वडाध्यक्ष मानबहादुर रावत मंगलबार वडाका ६५ जना दलितलाई भेला गरि घोराहीको सौडीस्थित चलचित्र हल पुगे । वडाध्यक्षले उनीहरुलाई बस रिजर्भ गरि चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देखाउन लगे ।


वडाको बजेट झन्डै ३९ हजार हाराहारी खर्चिएर उनीहरुलाई किन अध्यक्ष रावतले सिनेमा हलमा लगेका हुन ? यो प्रश्न गरि नसक्दै उनले स्पष्टिकरण दिए – दलित सशिक्तकरणमा त्यो सिनेमा हेरेपछि केही न केही सहयोग पुग्ला भनेर सिनेमा देखाउन लगिएको हो ।


वडाध्यक्ष रावतले चलचित्र हेर्न गएका सबै दलित समुदायका ब्यक्तिहरुले चलचित्र बाट राम्रो शिक्षा मिलेको र छोरा छोरीको शिक्षामा प्राथमिकता दिन जरुरी रहेछ भन्ने कुरा आँफु संग ब्यक्त गरेको बताए ।

गाडी रिजर्भसहित उनीहरुलाई सबैको सिनेमा हेर्ने टिकेट पनि वडाकार्यालय आँफैले बेहोरेको थियो । उनीहरुका लागि खाजाको प्रबन्ध गर्दा लाग्ने खर्च सवै वडा कार्यालयले नै बेहोरेको हो ।
६५ जनालाई सिनेमा देखाउन टिकेटकोसहित कुल खर्च ३० हजार जति खर्च भएको अनुमान वडाध्यक्ष रावतले ब्यक्त गरे ।

वडाध्यक्ष रावतसहित वडासचिव , राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्मालाई पनि चलचित्र देखाउन लगिएको थियो ।
तुलसीपुर – ११ का एक जना नेपाली काँग्रेसका नेताले भने वडा कार्यालयले आफ्नै खर्चमा वडाका दलित समुदायका मानिसहरुलाई सिनेमा देखाउन लैजानु वडाको सम्पत्तिको दुरुपयोग भएको टिप्पनी गरे ।

‘ वडाध्यक्ष आँफै कार्यकारी हुन र उनको काँधमा धेरै यस्ता समाजसुधकार जिम्मेवारीहरु हुन्छन्,’ नाम नभन्ने सर्तमा उनले भने ‘ वडाध्यक्ष आँफैले पुरा गर्नुपर्ने जिम्मेवारी सिनेमा देखाइ दिएको छु ल अब तिमीहरुले त्यही अनुरुप गर भनेर भन्न र पंक्षिन कसरी मिल्छ ?’

साथै ती काँग्रेस नेताले नाम नभन्ने सर्तमा सिनेमा हेरेपछि वडाका दलित समुदायमा मानिसहरुमा कस्तो छाप प¥यो तथा उनीहरुले के शिक्षा ग्रहण गरे भन्ने कुरा भन्न मुस्किल हुने प्रतिक्रया दिए ।


‘वडा कार्यालयले सिनेमा हेर्न लगेका दलित समुदायका मानिसहरु संग मैले प्रतिक्रिया लिन पाएको छैन,’ उनले भने ‘ मलाई लाग्छ दलितको नाममा जनप्रतिनिधि र कर्मचारीले सिनेमा हेर्ने आफ्नो रहर पुरा गरे कि ?’

राज्यले आँफैले वडामा गर्नुपर्ने सुधार र जिम्मेवारीका कामहरु थुप्रै रहेको हुँदा वडाध्यक्षले त्यसमा ध्यान दिन जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *