दाङ, कात्तिक २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार रबिलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यो संगै रबिलाई चौथो पटक म्याद थप भएको हो ।
सहकारी ठगी र संगठित अपराध कसुरमा उनलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरेपछि पोखरा लगिएको थियो ।
तत्कालीन अवस्थामा प्रबन्ध निर्देशक रहेका बखत रबिमाथि गोर्खा मिडियामा सुर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोप लाग्दै आएको छ ।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले रबिसहित गोर्खा मिडियाका पदाधिकारीलाई पनि कारबाही सिफारिस गरेको थियो।
प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार