२०८१ मङ्सिर १९ गते बुधवार

मन्दिरमा एक लाखको अक्षयकोष स्थापना

हेमराज शर्मा, घोराही, कार्तिक २४ । दाङको घोराही उपमहानगरपालिका – १५ भरतपुर निवासी ऋषिराम शर्माले स्वर्गिय श्रमिति ज्ञाना शर्माको स्मृतिमा गणेश मन्दिर भरतपुरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । 

   स्थानीय गणेश समाज सुधार समिति गणेश मन्दिर स्थापना गर्नका लागि  महत्वपूर्ण योगदान गरेको हुँदा उनको इच्छा अनुसार मन्दिरको दैनिक पूजाआजा गर्न सहज होस भनेर ज्ञाना–ऋषी अक्षयकोष स्थापना गरिएको अक्षयकोषदाता छोरा कृष्णप्रसाद पौडेलले बताएका छन् । 

   ‘ मन्दिर स्थापना गर्न आमा शुरुवाती चरणदेखि लाग्नु भएको र जीवनको अन्तिम क्षणमा मन्दिरको पूजाअर्चनमा सहयोग गर्नका लागि अक्षयकोष स्थापना गरिदिन भन्नु भएकोले मन्दिरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो,’  छोरा कृष्णप्रशादले भने । 

शनिवार एक कार्यक्रमको आयोजना गरि अक्षयकोषको रकम ग्रहण गर्नुका साथै अक्षयकोष स्थापना गर्ने ऋषिराम उनका छोराहरु कृष्णप्रसाद र बासु लगायतललाई मन्दिर ब्यबस्थापन समितिले सम्मान गरेको छ ।

   गणेश समाज सुधार समितिका अध्यक्ष शंकर गौतमले अक्षयकोष स्थापना गरेकोमा धन्यबाद ज्ञापन गरेका थिए । 

अक्षयकोषदाताको इच्छा अनुसार अव मन्दिरले उक्त रकमबाट आउने ब्याजले मन्दिरको दैनिक पूजाअर्चनमा प्रयोग गरिने ब्यवस्था मिलाईने अध्यक्ष गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *