२०८३ कार्तिक १९ गते बुधवार

रबि लामिछानेलाई थप दश दिन हिरासतमा राख्न अनुमति

दाङ, कात्तिक २० । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप १० दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ ।

जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सभापति लामिछानेलाई थप दश दिन हिरासतमा राखेर सहकारी घोटाला सम्बन्धि अनुसन्धानका लागि अनुमति दिएको हो ।
लामिछाने कात्तिक २ गते काठमाडौंवाट पक्राउ परेका थिए । लामिछानेलाई यो भन्दा पहिले दुई पटक म्याद थप भइ सकेको थियो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा सभापति लामिछाने पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा अनुसन्धान गरिरहेको छ ।

सभापति लामिछानेसहित मंगलबार सहकारीको वचत अपचलन आरोपमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति प्रदान गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन ।

पूर्व डिआइजी जोशी असोज ६ गते , पछाईंलाई असोज १४ गते र खनाल कात्तिक ९ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *