तुलसीपुर, कात्तिक १७ । दाङको घोराहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
अर्की एक महिला घाइते छिन । उनको उपचार जारी छ ।
शुक्रबार बेलुकी घोराही उपमहानगरपालिका – १४ लुहासुरका ५५ बर्षीय पैदल यात्रु नन्दबहादुर घर्तीको मोटरसाइकलको ठक्कर दिदा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले जानकारी दिएका छन् ।
घर्तीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पु¥याए लगतै चिकित्सकले घर्तीलाई मृत घोषणा गरेका थिए । शुक्रबार बेलुकी साढे ७ बजेतिर घोराही – १४ नयाँ बसपार्कमा डुमरगाउँ बाट मिलनचोक तर्फ जाँदै गरेको लु. प्र ०२००१ प ०७४६ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका दुई जनालाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट अर्की पैदल यात्रु लुहारसुरकी ४५ बर्षीया मनकली नेपाली घाइते छिन । उनको घोराहीस्थित प्रष्ठिानमै उपचार जारी रहेको छ । नेपालीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।