तुलसीपुर, कात्तिक १२ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको ५औं साधारण सभा सोमबार दाङको तुलसीपुरमा भयो ।
संघ लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब तिरण गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव गौतमले देश बिदेशमा खेलकुद क्षेत्रले खेलेको भूमिका प्रंशसनिय रहेको बताए ।
उनले राज्यले खेलाडीलाई उचित संरक्षण र प्रबद्र्धन गर्न नसकेको भन्दै खेल क्षेत्रमा लगानी बढाउन राज्यलाई आग्रह गरेका थिए ।
कार्यक्रममा तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगी , प्रदेश कराँते महासंघका अध्यक्ष पदम बस्नेत, तुलसीपुर उधोग बाणिज्य सघंका पूर्ब अध्यक्ष बिरबहादुर रावत लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस अवशरमा नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका महासचिब बिनिल केसीले साँगठनिक प्रतिबेदन र कोषाध्यक्ष मोहन सुनारले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
प्रदेश उपाध्यक्ष जितबहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।
