तुलसीपुर, कात्तिक ९ । दाङमा प्रहरीले असोज १६ देखि कात्तिक ९ गतेसम्म ६८ जुवाडे पक्राउ गरेको छ । उनीहरुबाट पाँच लाख बढडी रकम बरामद भएको छ ।
जिल्लाका बिभिन्न स्थानमा प्रहरीले चाड पर्वमा हुने जुवा लक्षित कारबाही चलाउँदा यो अबधिमा ६८ जना जुवाडेलाई पक्राउ गरिएको तथा उनीहरुबाट पाँच लाख २७ हजार ६ सय १० रुपैंया राजश्व संकलन भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले बताए । जिल्लामा नयाँ प्रहरी प्रमुख सरुवा भइ आएपछि जुवा कारवाही तीब्र पारिएको थियो ।
असोज १६ गतेदेखि कात्तिक ९ गतेको अवधिमा प्रहरीले जिल्लाका बिभिन्न ठाउँमा भएका नौं वडा जुवा खालमा छापा हानेको थियो ।
गत बर्ष २०८० को असोज १६ देखि कात्तिक ९ गतेसम्म प्रहरीले तीन वडा जुवा खालहरुमा छापा हानेर २२ जनालाई नियन्त्रणमा लिएको रेकर्ड थियो । गत बर्ष प्रहरीले उनीहरुबाट दुई लाख ८२ हजार दुई सय ७० रुपैंया बरामद गरेको थियो ।