तुलसीपुर, कात्तिक ५ । तुलसीपुर क्षेत्रका खोलामा बालुवा गिट्टी उत्खनन्का लागि प्रयोग गरिएका १३ वटा ट्याक्रहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार प्रहरीले एकै दिन ती ट्याक्टरहरु नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार ग्वारखोला क्षेत्रवाट १२ वटा र एउटा पातुखोलावाट नियन्त्रणमा लिइएको हो ।
तुलसीपुर उपमहानगरपालिका – १२ र वडा नं. १६ का बीचमा पर्ने ग्वारखोलमा खोलाजन्य पदार्थ उत्खनन् गरिरहेको समयमा दिउँसो १२ बजेतिर १२ वटा र तुलसीपुर– ३ स्थित पातुखोलावाट ढुँगा चोरी गरि रहेको थप एउटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
तर, ट्याक्टर धनि र ब्यबयीहरुले भने आँफुले आधिकारिक रुपमा खोलाको टेन्डर पारेर ढुँगा तथा बालुवा निकाली रहेको समयमा प्रहरीले हचुवाका भरमा ती ट्याक्टरहरु ग्वारखोलावाट लगेको आरोप लगाएका छन् ।
तर, प्रहरी भने सीमाना नछुट्याएको वा झण्डा नगारी जहाँ मन प¥यो त्यही वाट मनपरी ढुँगा बालुवा उठाएको दाबी गर्छ । त्यस्तै एक जना ब्यबसायी भने राज्यको नीति अनुरुप टेन्डर आह्वान भइ उस्ले तोकेका मापदण्ड अनुरुप काम गर्दापनि बलजफती ट्याक्टर उठाउने कार्य मिचाहा प्रबृति भएको आरोप लगाए ।