तुलसीपुर,असोज १७ । तुलसीपुरको विपि चोकमा द हुष्टेल युनिसेक्स सलोन सञ्चालनमा आएको छ ।
घटस्थापनाको अवसर पारेर सलोनको उद्घाटन गरिएको हो । सलोनको विहिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरीले उद्घाटन गरेका हुन ।
तुलसीपुरका अरुण लहरे, राजेस बुढाथोकी र सपना बुढाथोकीले संयुक्त रुपमा ३५ लाखको लागतमा सलोन सञ्चालनमा ल्याएका हुन ।
पछिल्लो समय युवाहरु विदेश पलायन भइराखेको बेला स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ सलोन सञ्चालनमा ल्याएको सञ्चालक अरुण लहरेले बताए ।
सलोनमा ३ पुरुष ७ महिला गरी जम्मा ११ जनाले रोजगारी पाएका छन् भने सलोनमा बालबालिकादेखि सबै उमेर समूहका महिला पुरुषले सेवा लिन सक्ने अर्का संचालक राजेश बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहिवार