२०८२ मङ्सिर २४ गते बुधवार

वाल सञ्जालको अध्यक्षमा खड्का


तुलसीपुर, जेठ ३२ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ को वडा स्तरिय वाल सञ्जालको अध्यक्षमा गणेश खड्का चयन भएका छन् । ११ नम्वर वडाका वालवालिकाहरुको आज वडा कार्यालयमा भएको भेलाले गणेश खड्काको अध्यक्षतामा १७ सदस्यीय वडा स्तरिय वाल सञ्जाल गठन गरिएको छ ।

सञ्जालको उपाध्यक्षमा आईशा चौधरी, सचिवमा पुष्कर देवकोटा, सह सचिवमा ऋतु राणा, कोषाध्यक्षमा आदिति वस्नेत र सदस्यहरुमा नमुना खड्का, रोशन डांगी, उमेश गिरी, प्रमिला न्यौपाने, मोनिका शाही, सम्झना भण्डारी, सुरेश वली, सुनिल केसी, गिता परियार, निष्ठा अधिकारी, केसरी वुढाथोकी र पुजा विक रहेका छन् ।

वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षतामा भएको वडा स्तरिय वाल सञ्जाल गठन तथा वालवालिका सम्वन्धी अभिमुखिकरण गोष्ठीमा तुलसीपुर उपमहानगरपालिकाको कार्यालयकी कर्मचारी मायां श्रेष्ठले वाल अधिकार, वालवालिकाको कर्तव्य तथा वालवालिकामाथि हुने विभिन्न हिंसा नियन्त्रण गर्नका लागी अपनाउनुपर्ने उपाय सम्वन्धी प्रशिक्षण दिएका थिए । वडा सदस्यहरु सुवास डांगी, निर्मा चौधरी, खिमा कुमारी विक, वडाकी कर्मचारी लक्ष्मी चौधरी, पुर्व वडा अध्यक्ष लिलाधर डांगी लगायतले वालवालिकालाई अहिले देखि नै सक्षम वनाउदै लैजानुपर्ने धारणा राखेका थिए । वडा सदस्य घनश्याम गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव भुवनेश्वर अधिकारीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *