२०८१ कार्तिक २३ गते शुक्रवार

चाडपर्वका लागि असोज १२ देखि बसको टिकट अग्रिम बुकिङ खुल्ने

काठमाडौं,असोज ६ । आसन्न दसैँ-तिहारका लागि असोज १२ गतेदेखि बसको टिकटको अग्रिम बुकिङ खुलाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुलाउले निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागबारे सात बुँदे निर्णय गरेको छ ।

बैठकले सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गर्न निर्देशन पनि दिएको छ ।

बीपी राजमार्ग सुरक्षाका लागि साना सवारी मात्रै सञ्चालन गर्न र रात्रि गाडी रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।

विभागले उक्त कार्यको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट दिने निर्णय पनि भएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको बताए ।

उनले अब एक-दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेर अग्रिम टिकट खुलाइने बताए ।

सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने पनि उनले बताए ।

वैज्ञानिक भाडा समायोजन तीन वर्षदेखि नभएकाले छठ पर्वपछि निर्णय भएको छ ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *