२०८१ असोज २५ गते शुक्रवार

कुबेर शाह स्मृति कप भलिबलको उपाधि ज्ञानज्योतीलाई

लक्ष्मण बस्नेत,तुलसीपुर,असोज ५ । दाङ तुलसीपुर अरनिको मैदानमा संचालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियाेगिता २०८१ को उपाधी ज्ञानज्योती कलेज तुलसीपुरले जितेको छ।


नेपाली काग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे प्राबिधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनिको माबी तुलसीपुर २५-१३,२५-१४ र २५-१४ अर्थात ३-० को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योतीले उपाधी चुमेको हो ।

उपाधी संगै उसले नगद एक लाख पाँच हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा पराजित अरनिको उपबिजेतामा सिमित रहदै नगद नगद ६५ हजार, कप मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो। त्यस्तै हेलो मोबाई ए तुलसीपुरले तृतिय नगद पुरस्कार ३५ हजार कप हात पार्‍यो ।


तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा बेष्ट प्लेयर खेलाडी ज्ञानज्योती कलेजका हेमन्त मल्ल भए ।

उनले नगद ३५ सय र ट्रफी हात पारे । त्यस्तै वेष्ट ब्लकर ज्ञान ज्योतिकै चिरण खड्का, वेष्ट स्पाइकर ग्रेट अरनिकोका बिक्रम बोहरा,बेष्ट सेटर ज्ञानज्योतिका सुवास कवर,वेष्ट लिब्रो ग्रेट अरनीको का अविशेक वलि र वेष्ट सर्भर ग्यानज्योतिका मनिष मानन्धर लाई क्रमशः जनही २५ सयका दरले नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । तीन दिन सम्म संचालित प्रतियोगिता १२ टिमको सहभागिता रहेको थियो ।


यसैबिच प्रतियोगिताको समापन समारोह नेपाली काग्रेस तुलसिपुर नगर सभापती सुरेश हमालको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री माननीय दिपक गिरिको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अबसरमा नेपाली काग्रेसका केन्द्रिय सदस्य माननीय दिपक गिरि,नेपाली काग्रेस क्षेत्र न ३ ख का सभापती खिम बहादुर वलि, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेपाली काग्रेस तुलसिपुर नगर सचिब बिमल पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *