तुलसीपुर , असोज ४। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले स्वर्गिय कुबेरबहादुर शाह खेलकुदको क्षेत्रको एक प्रायवाची नाम भएको बताएका छन् ।
बिहीबार तुलसीपुरको अरनीको मैदानमा प्रथम कुबेरबहादुर शाह स्मृति कप पुरुष भलिवल प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गिरीले स्वर्गिय शाहले बिगतमा खेलकुदको उन्नयनका लागि अतुलनिय भूमिका निर्वाह गरेको स्मरण गरेका थिए ।
पूर्व मन्त्रीसमेत रहेका नेता गिरीले स्वर्गिय शाहलाई हरेक खेलको ज्ञान रहेको र हरेक खेलमा उत्तिकै कला कौशल रहेका एक खेलका पर्यायबाची ब्यक्तिको रुपमा अथ्र्याएका थिए ।
स्वर्गिय शाहले बिषेश गरि भलिवलमा राम्रो दख्खल राख्ने भएपनि उनी हरेक खेलमा उत्तिकै राम्रो खेलाडी भएको नेता गिरीले स्मरण गरेका थिए । ‘ उहाँ विहानदेखि साँझसम्म खेलकुदको उन्नयनको लागि लागिपर्नु हुन्थ्यो,’ नेता गिरीले भनेका थिए ‘ उहाँले यही अरनीको मैदानमा बिगतमा खेलका खेलहरुमा पर्दशन गरेका कलाहरु आँखामा आज घुमिरहेका छन् ।’
पूर्व राष्ट्रिय खेलकुद परिषदका सदस्यसमेत रहेका शाहको योगदानका लागि भविश्यमा थप यस्तै अन्य खेलकुदका गतिबिधि गर्न उनले आग्रह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य बिष्टि अथिति गेहेन्द्र गिरीले स्वर्गिय शाहले खेलकुदको माध्यमबाट बिगतमा दाङलाई मात्रै नभइ समग्र राप्तीको नाम केन्द्रमा स्थापित गर्नका लागि महत्वपूर्ण योगदान गरेको बताएका थिए ।
कार्यक्रमका अर्का बिशिष्ट अथिति कांग्रेसका दाङका सभापति शंकरप्रसाद डाँगीले स्वर्गिय शाहका पदचापहरु पच्छ्याउन युवाहरु अग्रशर हुनुपर्ने बताएका थिए ।
कार्यक्रमलाई दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, महासमिति सदस्य बिमल रिजाल, तुलसीपुर –९ का वडाध्यक्ष घनश्याम ढकाल, कांग्रेस तुलसीपुर – ७ का सभापति ओमबहादुर वलीलगायतले स्वर्गिय शाहले बिगतमा निजी सम्पत्ति मासेरपनि खेलकुदको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका थिए ।
नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रम नगर उपसभापति विनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सहजिकरण नगर सचिव बिमल पौडेलले गरेका थिए । औपचारिक कार्यक्रमको समापनि पछि खेलकुदका गतिबिधिको सहजीकरण पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।
तीन दिनसम्म चल्ने भलिवल प्रतियोगितामा खेलाडीहरुलाई पूर्वमन्त्री दिपक गिरीले बल प्रदान गरी खेलको शुभारम्भ भएको थियो । प्रतियोगितामा १२ टीमको सहभागिता रहेकोे छ ।
यसैबीच बिहीबार प्रतियोगितामा ग्रेट अरनिको मावि तुलसीपुरले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गोरखा मावि लमहीलाई २५–१८ र २५–१७ अर्थात ३–० को सोझो सेटमा पराजित गर्दै ग्रेट अरनिको माविले विजयी सुरुवात गरेको हो ।
प्रतियोगिता अन्तरगत शुक्रबार पहिलो खेलमा राप्ती बबई क्याम्पस तुलसीपुर र ड्राइभर स्टाफ रोल्पा टिमका बीचमा प्रतिष्पर्धा हुने छ । खेल बिहान सात बजेदेखि सुरु हुनेछ ।
दोस्रो खेलमा एचआर मिडिया हाउस तुलसीपुर र मावि तुलसीपुर सेन्टर बीच हुनेछ । त्यसपछि नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ सल्यान र हेलो मोबाइलबीच प्रतिष्पर्धा हुने प्राविधिक संयोजक राजु यरीले बताएका छन् ।