२०८३ भाद्र १२ गते शुक्रवार

चाडपर्वलाई लक्षित गरी टरिगाउँ विमानस्थलबाट मङ्गलबार पनि उडान हुने

दाङ,भदौ २९ । टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि उडान हुने भएको छ।

यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान भर्ने नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए।

उनका अनुसार अब विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ।

दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले जानकारी दिए।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *