२०८१ मङ्सिर २७ गते बिहिवार

लुम्बिनी प्रदेशसभाको ३० औं बैठक बस्दै


दाङ,भदौ २७ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेसनको ३० औं बैठक आज बस्दैछ।

दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्थागर्न बनेको प्रतिवेदन सहितको विधेयकमाथि छलफल र पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यहीँ बैठकमा स्थानीय सेवाको गठन सम्वन्धि विधेयक निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ।

हिजो बसेको बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापती दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक सभामा पेश गरेकी थिइन्।

भदौ ६ गते बसेको प्रदेश सभाको २७ औं बैठकले प्रतिवेदन सहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो।

प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो। प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदन सहितको विधेयक तयार पार्न ३६ औं बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेश गरिएको हो।

बैठकमा प्रदेश सभा सदस्यहरुले मसामयिक विषयमा शून्य समय र विशेष समयमा बोल्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *