तुलसीपुर, भदौ १७ । ‘स्मार्ट’ तुलसीपुरको चर्चित सव्द हो । स्वास्थ्य, शिक्षा देखि खेलकुद सम्ममा यो सव्द जोडिदै आएको छ । तर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भने स्मार्ट स्वास्थ्य सेवा उपलव्ध हुन सकेको छैन । यसले विरामीहरुलाइ रिफर सेन्टरको बुझाइ छ ।
साविकको अन्चल अस्पताललाइ स्तरबृद्धि गरेर लुम्विनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताल बनायो । सो अस्पतालमा अस्पताल हातामै अक्सिजन प्लान्ट निर्माण देखि हेमोडायलायसिस् सेवा समेत सुचारु गरियो । नवजात शिशुको सघन उपचारकालागी एनआइसियु सेवा सन्चालन समेत गरियो ।
यसबीचमा तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा लुम्विनी प्रदेश सरकार माताहतको प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले सिटि स्क्यान सेवाकालागी मेसिन समेत उपल्व्ध गरायो । तर अस्पतालमा जडान भएको सिटि स्क्यान मेसिन विग्रिएर विगत पाच महिनादेखि थन्किएको छ । सिटिस्क्यान सेवा नभएकै कारण गम्भीर नसा रोगी तथा दुर्घटनाका घाइतेहरुलाइ अन्यत्र रिफर अर्न अस्पताल व्यवस्थापन बाध्य भएको छ ।
अस्पताल प्रशासनका प्रमुख रेश्मीराज अधिकारीका अनुसार प्रदेश आपुर्ति केन्द्र बुटवलको आर्थिक सहयोगमा करीव ४ बर्ष अघि फिलिप्स कम्पनीको १६ स्लाइसको सिटिस्क्यान मेसिन जडान भएको थियो । जम्मा ३ करोड ८० लाख रुपैया मुल्यको सो मेसिन जडान भएको मितिले दुइ बर्षको वारेन्टी थियो । तर मेसिन विग्रिएको ५ महिना वितिसक्दा पनि अस्पताल व्यवस्थापनले विगिएको मेसीन मर्मत गर्न सकेको छैन । मेसिन मर्मतकालागी ठुलो रकम चाहिने भएकाले अस्पतालको श्रोतले यो असम्भव भएको प्रशासन प्रमुख अधिकारीले गोरक्षलाइ बताएका छन् ।
मेसिन विग्रिएलगत्तै अस्पताल प्रशासनले मेसिन सप्लायर्स कम्पनीलाइ जानकारी गरायो । सो कम्पनीले प्राविधिक पठाएर मर्मतकालागी स्टीमेट पनि तयार गर्यो । सवै मर्मत गरी सन्चालनमा ल्याउन १ करोड १५ लाख रुपैया प्राविधिक स्टीमेट सप्लायर्सले अस्पताल प्रशासनलाइ दियो । तर अस्पताल प्रशासनको आफ्नो श्रोतबाट त्यो मेसिन मर्मत गर्न सम्भव भएन ।
‘हामीले करीव ५ पटक यो विषयमा प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार गर्यौ, तर अहिले सम्म पनि प्रदेश स्वास्थ्य मन्त्रालयबाट कुनै जवाफ आएको छैन’, अस्पताल प्रशासन प्रमुख अधिकारीले गोरक्षलाइ भने । प्रदेश आपुर्ति केन्द्र मात्र होइन, स्वास्थ्य सेवा विभागले समेत नयां मेसिन खरीद गर्न र राजधानी वाहिरका अस्पताललाइ उपलव्ध गराउन आतुर देखिन्छन्, तर त्यसपछि मेसिन चल्यो चलेन, विग्रिएमा मर्मत खर्च कसरी व्यावस्थापन गर्ने सन्दर्भमा भने संघ र प्रदेश दुवै निकाय वेखवर बनिदिने गरेको अस्पताल श्रोतले जनाएको छ । स्वास्थ्य क्षेत्रमा अनावस्यक रुपमा जवर्जस्त सामान खरीद गरी अस्पतालमा पठाउने अभ्यासका पछाडि ठुलो कमिशनको खेल रहेको स्वास्थ्य सम्वद्ध अधिकारीहरु बताउछन् ।
‘अस्पतालमा नयां उपकरण खरीदमा मात्र होइन, मर्मतका नाममा पनि ठुलो कमिशनको खेल हुन्छ, यहांको अस्पतालमा मात्र नभएर जहितहीका अस्पतालमा हो’, एकजना स्वास्थ्य प्राविधिक भन्छन्, यसैकालागी सप्लायर्सलेनै कुनै कुनै मेसिनको सफ्टवेयरनै ह्याक गरीदिने गरेको समेत पाइन्छ । संभवतः जडान भएको केहि बर्षमै सिटि स्क्यान मेसिन विग्रनुमा सफ्टवेयरमै ह्याक भएको पनि हुन सक्ने अनुमान पनि स्वास्थ्य संवद्ध अधिकारीहरुको बुझाइ छ । तर यो आम सर्वसाधारणको चासोको विषय भने होइन ।
राप्ती प्रादेशिक अस्पतालमा सिटिक्यान मेसिन जडान भएर सेवा दिन थालेपछि दैनिक रुपमा औषत ७ जना सम्म विरामीको सिटिस्क्यान सेवा उपलव्ध हुन्थ्यो । अस्पतालले यहि सेवा दिएवापत एक जना विरामीबाट ३ हजार ५ सय रुपैया देखि ७ हजार रुपैया सम्म तिर्ने गरेका थिए । यसले अस्पताललाइ पनि राम्रो आन्तरीक श्रोतका रुपमा पनि उभ्याएको थियो । यहि सिटिस्क्यान रिपोर्ट लेख्नकै लागी भएपनि अस्पतालमा अल्ट्रासाउण्डकालागी पनि नियमित रुपमा विरामी आउथे । तर मेसिन विग्रिएसंगै अस्पतालमा अहिले रेडियोलोजिष्टको सेवा पनि नियमित हुन सकेको छैन ।
यसले अस्पतालको रेडियोलोजि सेवालाइनै प्रभावित बनाएको छ । तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल पश्चिम दाङको मात्र नभएर रोल्पा, रुकुम र सल्यानका विरामीहरुकालागी पनि सेवा दिने अस्पताल हो । अमिलिया—तुलसीपुर—सल्यान हुदै रुकुम जोड्ने राप्ती राजमार्ग र घोराही—तुलसीपुर—पुरन्धारा—सुर्खेत जोड्ने सहायक राजमार्गको केन्द्र विन्दु पनि हो । यी दुवै राजमार्गमा दिनहुजसो सडक दुर्घटनाहरु भैरहन्छन् । तर सिटिस्क्यान सेवा नहुदा दुर्घटनाका घाइतेहरुको समस्या पहिचान गर्नकैलागी ठुलो समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।
‘टाउकोमा सामान्य चोट लागेपनि समस्या पहिचान गर्न सिटिस्क्यान वा एमआरआइ सेवा विरामी स्वयमले खोज्न थालेको अवस्थामा सिटिस्क्यान सेवानै नहुदा हामीले विरामीलाइ रिफर गर्नुको विकल्प छैन’, अस्पतालका एक जना चिकित्सकले भने । पांच पांच महिनासम्म प्रादेशिक अस्पतालमा सिटिस्क्यान मेसिन मर्मत गर्न नसक्नुलाइ सर्वसाधारण सेवाग्राहिहरुले भने अस्पताल व्यवस्थापनको निकम्मा भएको बताएका छन् ।
प्रदेश आपुर्ति व्यवस्थापन शाखाले मात्र होइन, स्वास्थ्य सेवा विभागले समेत उपलव्ध गराएका मोफसल वाहिरका धेरै अस्पतालमा यस्ता स्वास्थ्य उपकरणहरु कतिपय अस्पतालमा त सेवा नदिइ खिया लाग्न समेत थालेका छन् । तुलसीपुर राप्ती प्रादेशिक अस्पतालमा पनि सरकारले वालरोग विशेषज्ञ उपलव्ध नगराउदै उपलव्ध गराएका लाखौं मुल्यका एनआइसियु वेड धेरै बर्ष सम्म थन्किएका थिए । वल्लतल्ल वालरोग विशेषज्ञ आएपछि अस्पतालमा आएको अस्पताल प्रशासनले बताएको छ ।