२०८१ भाद्र २६ गते बुधवार

माओवादीले नेतृत्व गर्दा नमुना काम भए – पूर्व मन्त्री शर्मा

दाङ, भदौ १२ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफ्नो पार्टीले नेतृत्व लिएका कुनैपनि तहका सरकारमा नमूना काम गर्दै आएको बताएकी छन् ।

दाङको घोराही उपमहानगरपालिका जबरपुरमा आयोजित पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै शर्माले वडादेखि केन्द्रसम्म माओवादीले नेतृत्व गरेका सरकारहरुले नमूना काम गरेको बताएकी हुन ।
शर्माले भनिन् ‘ ‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पु¥याउने माओवादी नै हो ।’

घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पु¥याउने पनि माओवादी नै भएको उनले बताएकी थिइन ।
‘माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालय हुन, यी मन्त्रालयले नै अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेका छन,’ उनले भनिन् ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेकी उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि लोडसेडिङमुक्त नेपाल बनाएको दाबी गरिन ।
पछिल्लो कार्यकालमा गम्भीर भ्रष्टाचारका फाइलहरु खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको देखेर कपितय आत्तियर सरकार ढलाएको उनले बताएकी थिइन ।

माओवादीको पहिलो सरकारले मध्यपहाडी लोकमार्गजस्तो राष्ट्रिय महत्वको आयोजना अघि बढाएको स्मरण गर्दै उनले माओवादीले नेतृत्व गरेका केन्द्रदेखि स्थानीय तहका हरेक सरकारले नमूना काम गर्दै आएको जोड दिएकी थिइन ।
माओवादीले धेरै काम गरे पनि जनतासँगको सम्बन्ध र व्यवहारलाई ध्यान दिन नसक्दा कमजोर भएको उनले बताएकी थिइन । आगामी निर्वाचन एक्लै लड्ने तयारीका साथ अघि बढ्ने उनले बताइन ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्यसमेत रहेही शर्मालेसके जति राम्रो गरिरहेको गर्दै जाने प्रण गरेकी थिइन ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *