२०८१ भाद्र २६ गते बुधवार

गोलौरामा ब्यबसायिक कुरिलो खेतीमा रमाइ रहेका पूर्व नासु केसी

गोलौरा, साउन ३० । दाङको तुलसीपुर उपमहानगरपालिका – ६ गोलौराका स्थानीय ६० बर्षे पूर्व निजामती कर्मचारी डिल्लीबहादुर केसीले कुरिलोको ब्यबसायिक खेती बाट राम्रो आम्दानी लिन थालेका छन् ।
पूर्व नासु केसीले बिगत दुई बर्षदेखि २७ कठ्ठा जग्गा बार्षिक ५४ हजार तिर्ने सर्तमा कुरिलो खेती गर्दै आएका छन् ।


जस्ले आफ्नै घरकै साढे ३ कठ्ठा जग्गामा बिगत ६ बर्ष अघिदेखि कुरिलोको ब्यबसयिक खेती गर्दै आएका थिए । त्यस पुर्व केसीले आँफु कर्मचारी छँदै सल्यानबाट घरमा झन्डै एक दर्जन जति कुरिलोका बोटहरु ल्याएर रोपेका थिए ।

केसीले दुई बर्ष पहिले डिल्लीले भाडामा लिएको जग्गा मध्य ११ कठ्ठा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको हो भने बाँकी जग्गा शालिकराम रजौरे र देवराज आचार्यको हो । तीन जनाको जग्गा प्लट मिलाएर भाडामा लिइ उनले दुई बर्ष पहिलेदेखि यस क्षेत्रमा नयाँ मानिने कुरिलो खेती सुरु गरेको बताए ।

नायब सुब्बा केसीले अनिवार्य अवकास पाउन झन्डै ११ बर्ष भन्दा पहिलै २०६९ साल असारबाट स्वच्छिक अवकास लिएका थिए । त्यसपछि ब्यबसायिक कुखुरा पालनमा लागेका उनको खोरमा हजारौं कुखुराहरु छँदै छन् । हरेकले बजारको अनुसन्धान गरि मेहनत गर्नु पर्छ र स्वदेशमै केही गरेर देखाउनु पर्छ भन्ने भावना राख्ने केसी पछिल्लो समय कुरिलो खेतीमा आकर्षित हुँदै गएका छन् ।

त्यसको कारण उनले कुरिलो खेतीमा चुनौति कम रहेको, त्यति लगानीपनि नचाहिने, बिषादी र धुलो धुँवाको संगत नहुने तथा कुरिलो औषधिय गुण भएको उच्च मूल्य पाउने तरकारी भएको हुँदा आँफु आकर्षिक भएको बताउँछन ।

अमेरिकन ‘जर्सी सुपुर’ भेराइटीको कुरिलोको ब्यबसायिक खेती गरिरहेका केसीले हाल दैनिक रुपमा तीनदेखि ६ हजार सम्मको कुरिलो बेच्दै आएको बताए । शुक्रबार काठमाडौंमा कुरिलो प्रति केजी ५ सयका दरले कारोबार भइ रहेको छ । तर, केसील्े भने ३ देखि साढे ३ केजीसम्म कुरिलो बेच्दै आएको बताए ।


कुरिलोको टुसा (मुना) खाने गरिन्छ । भाडामा लिएको २७ कठ्ठा मध्य २४ कठ्ठा जग्गामा दश हजार बढी कुरिलोको बोटहरु छन् । घरको आफ्नै जग्गामा एक हजार बोट छँदै छन् ।
डिल्ली बाहेक जिल्लामा ब्यबसायिक रुपमा यतिधेरै क्षेत्रफलमा कुरिलो खेती अन्त कतै छैन । कुरिलो खेतीको उत्पादन लिन तीन बर्ष पर्खिनु पर्छ । दुई बर्ष पुग्दा नपुग्दैदेखि टुसा (मुना)हरु पलाउन सुरु गर्छ ।


दैनिक सरदर १५ देखि २५ केजीसम्म कुरिलो बिक्री गर्दै आएको केसीले बताए । केसीले केही जग्गामा एक बर्ष अघि मात्रै कुरिलो रोपेका थिए । त्यस्ले उत्पादन दिन सुरु गरि सकेको छैन ।

उनका अनुसार २४ कठ्ठाको पुरै खेतीले उत्पादन दिन सुरु गरेमा दैनिक कम्तिमा पनि ५० केजी कुरिलोको टुसा उत्पादन हुने आशा ब्यक्त गरे ।
कुरिलोको महत्व बुझेका स्थानीय खोज्दै आउन थालेपछि केसीपनि उत्साहित बनेका छन् । उनले तीन जनालाई रोजगारीपनि दिएका छन् ।

सिंचाइको ब्यबस्था नजिकैको भूमिगत जल सिंचाइ बिकास डिभिजन लमहीले खनेको डिप बोरिङ मार्फत मिलाएका छन् ।

युवा बिदेश पलायन हुन मात्रै खोज्नु भन्दा सृजनशिल भइ माटोमा पसिना बगाउन तयार हुन जरुरी रहेको उनी बताउँछन् ।
कुरिलो बुहुबर्षीय बिरुवा हो । जस्को उत्पादन झन्डै ३ देखि १६ बर्षसम्म नियमित रुपमा लिन सकिन्छ । चिस्यान रही राख्ने तर पानी नजम्ने ठाउँ कुरिलो खेतीका लागि उपयुक्त हुन्छ ।

खेतीका लागि बलौटे माटो उपयुक्त मानिन्छ । कुरिलो प्रयाप्त पानी खोज्ने बिरुवा भएको हुँदा सुख्खा मौसममा उचित सिंचाइको प्रबन्ध मिलाउन आवश्यक हुन्छ । यसलाई गोठेमल दिनु उपयुक्त मानिन्छ । कृषी ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा यतिधेरै क्षेत्रफलमा सफल कुरिलो खेती गरि रहेका केसी एक्ला ब्यक्ति हुन ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *