बेलझुण्डि,साउन २० । नेपालमा पहिलो अन्तराष्ट्रिय विद्यत सम्मेलन हुदा दाङ जिल्लामा संस्कृत विश्वविद्यालय स्थापनाको निर्णय भयो ।
त्यसकालागी धेरै जग्गा आवस्यक पर्ने थियो । दाङ उपत्यकामा मात्र होन, देउखुरीमा पनि जग्गा दिन दाता तयार भए । अहिले नेपाल संस्कृत विश्वविद्यालयसंघ १३ सय ३६ विगाहा जग्गा छ ।
तर त्यसको दश पव्रतिसत जग्गा पनि नेपाल संस्कृत विश्वविद्यालदयले नआयआर्जन पाएको छ। नत जग्गा उपभोग गरेर संस्कृत शिक्षाको समृद्धि हासिल गर्न सकेको छ ।
तात्कालिन सरकार माओवादी द्धन्द्धकालमा विश्वविद्यालयको जग्गा अतिक्रमण हुने् खेल सुरु भयो । तर त्यसलाइ विश्वविद्यालय पदाधिकारीहरुले व्यवस्थापन गर्न सकेननन् ।
पदाधिकारीको नियुक्ती फरकर फरक खेमाका पार्टिहरुले गरे । कहिल्यै पनि पदाधिकारीहरुबीच एकता र एकात्मक अभियान विश्वविद्यालयकालागी हुन सकेन । नेपाल संस्कृत विश्वविद्यालय मा त्यसपछि सुरु भयो तालावन्दीको अभियान ।
संभवतः नेपाल संस्कृत विश्वविद्यालयमा विगत २० बर्षदेखि ताला नलागेको कुनै महिना छैन । पेषागत संस्थाहरु चाहे नेपाल प्राध्यापक संघ, चाहे प्राध्यापक संगठन चाहे विभिन्न दलिय संस्थाका प्रात्रि संगठन ।
ताला लगाउनुको उदेश्य सहित नेपाल संस्कृत विश्वविद्यालयको ताला लगाएको मुख्य कक्षमा एटा माग हुन्थ्यो, विश्वविद्यालयको पठन पाठन नियमित, अनावस्यक सरुवा रोक, अनावस्यक बढुवा रोक अनि पछिल्लो समयमा नेपाल संस्कृत विश्वविद्यालयको माताहतको आयुर्वेद अध्ययन संस्थान माताहतको केन्द्रिय आयुवेद विद्यपिठ, जहां आयुर्वेद चिकित्नसा तहको विएएमएसको पठन पाठन हुन्थ्यो ।
त्यसपछि वार्ता भैरहन्थ्यो, ताला खुल्थ्यो, पठन पाठनको विषयलाइ भन्दा पनि बढि आफ्ना माताहतका कार्यकर्तालदाइ जागिर खुवाउने ।
संभवतः दुइ÷चार जना वाहेक सवैले तालाबन्दी गरेरै नेपाल संस्कृत विश्वविद्यालयमा जागिर खाए, अनि उनहिरुनै अहिले नेपाल विश्वविद्यालय हाक्ने हर्ताकर्ता ।
योगि नरहरीनाथले जुटाएको हजार विगाहा भन्दा बढि जग्गा पनि तात्कालिन द्धन्द्धकालमा माओवादीले कम्वा जमाए । त्यसपछि नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा ठुलाठुला पक्कि महल पनि बने, अनि अबैधानिक रुपमा किनबेच पनि भयो ।
त्यहि ताका माओवादीकै नेतृत्वमा नेपाल संस्कृत विश्वविद्यालयका महत्वपुर्ण धार्मिक ग्रन्थहरु पनि जलाइए । किनकि संस्कृत शिक्षालाइ तात्कालिन माओवादीले बुर्दुवा शिक्षा भन्थ्यो ।
कतिपय पदाधिकारीले त जागिरे नियुक्त गरेर उनीहरुले पाउने मासिक पारीश्रमिकबाट कमिशन लिएको पनि विश्वविद्यालयका आधिकारीक श्रोतले बताएको छ । नेपाल सरकारको विश्वविद्यालय अनुदलान आयोगबाट पैसा लिने र आफ्ना नजिककालाइ कर्मंचारी भर्ना गर्दांगर्दै विते तीन दशक ।
यो अभ्यास अझैपनि निमिट्यान्न भएको छैन । जहिले पनि त्यो अभ्यास निमिट्यान्न हुन सकेको छैन । कुल प्रसाद कोइराला र कार्तिकेय झा पदाधिकारी हुदा पनि यो प्रक्रिया जारी रह्यो ।
उपकुलपति यादव लामिछाने र रजिष्टार मात्रव अधिकारी पदाधिकारी हुुदा पनि यहि विवाद दोहोरीइरह्यो । एक जना उपकुलपति नेपाल प्राध्यापक संगठन चलाएका, अर्का रजिष्टार तात्कालिन मुख्य मन्त्री शंर पोख्रेलका आफ्नै भान्जा । दुवैको शक्ति प्रदर्शनले यो कार्यकाल पनि आधा भन्दा बढि तालावन्दीमै सकियो ।
यो विवादले संभवत यति सम्मको रुप लियोकि उपकुलपतिले रजिष्टारलाइ निलम्वन पनि गरे । दुवै एमालेका पदाधिकारी रहंदा पनि उनीहबीच विश्वविद्यालयलाइ बनाऔं भन्ने कुनै भावना जागेन । जागिरको समय विताउने र आफ्ना स्वार्थ परीपुर्ति गर्नेमै उनीहरुको दैनिक वित्यो ।
अन्ख्तमा रजिष्टारलाइ निलम्वन गरेर उपकुलपतिले केहि व्यक्तिलाइ कार्यकारी बैठक बोलाएर करारमा नियुक्त गरी छाडे । तर पनि विश्वविद्यालयका विषयमा धेरै टिकाटिप्प्णिहरु सोहि विश्वविद्यालयका कर्मचारीहरुले लेखे, तर उनीहरुले लेखेको स्ट्याटसमा पदाधिकारीबीच विवाद हुनुमा अरु पनि कारण छन्, पत्रकारहले बुझ्नु पथ्र्यो, । जसले यो स्ट्याटस लेखे, उनी पनि टिके कर्मचारीनै थिए, त्यसमा पत्रकारले चासो दिनुपर्ने र थप पक्ष विपक्षमा बाडिनुपर्ने कुनै कारण थिएन ।
संकटमा विएएमएस
राष्ट्रिय चिकित्सा आयोगले हरेक मेडिकल कलेजहरुलाइ शिक्षण अस्पताल बनाउन अन्तिम चेतावनी दिइरहेको छ । तर नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यपिठलाइ संकटमा पार्ने पदाधिकारीहरु फेरी पनि सरकारको हार गुहार गरीरहेका छन् ।
कुनै वेला ७५ शैयाको शिक्षण अस्पताल बनाइसकेको नेपाल संस्कृत विश्वविद्यालयका ती वेडहरु कहां गए, त्यहांका हर्ताकर्ता कर्मचारीलाइ जाहा छैन ।
आफ्नै फार्मेसी सन्चालनमा आइसकेको थियो । विशेषज्ञ चिकित्सक सहितको ओपिडि सेवा सुरु भैसकेको थियो । तर कोरोनाको उपचारको अस्पताल बनाउने ताममा तात्कालिन मुख्य मन्त्री शंकर पोख्रृेलले त्यो अस्पतालले तयार गरेका वेडमा कोरोनाका विरामी राखे ।
कोरोना त मत्थर भएर केहि बांकि रहेका विरामी तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा सारिए, तर खोइ ती ७५ वेड? यो विषयमा कविश्वविद्यालयले कुनै अभिव्यक्ति दिन सकेको छैन ।
अस्पताल तुलसीपुर सरेसंगै ती वेडहरु पनि उतै लगिएका हुनु भने ती वेड फिर्ता गर्न अस्पताल प्रशासन तयार हुन पर्दकि पर्दैन? यो विषयमा न त रजिष्टारले कुनै अभिव्यक्ति दिएका छन्, नत भिसिलाइ र त्यहांका डिनलाइनै यो विषयमा स्पष्ट जानकारी छ ।
नेपाल आयुवेैद अध्ययन संस्थान, शिक्षण अस्पताल लेखिएको वोर्ड समेत एकाएक गायव गरीयो । यसको जिम्मेवार को हो? विश्वविद्यालयले भन्नुपर्दनरः
तर धेरै मेडिकल कलेजहरु शिक्षण अस्पताल विनै सन्चालनमा आइरहेका छन् । यहि भिडमा नेपाल संस्कृत विश्वविद्यालय माताहतको आयुर्वेद चिकित्सा अध्ययन संस्थान माताहतको केन्द्रिय आयुर्वेद विद्यपिठ पनि संकटको घेरामा छ ।
किनकि क्याम्पस सन्चालनको दशक सम्म पनि संस्थानले आफ्नै मेडिकल कलेज बनाउन सकेको छैन ।
एक चरण अहिले विएएमएस कक्षा सन्चालन भएको भवनको तल्लो तलामा शिक्षण अस्पताल निर्माणको प्रक्रिया सुरु भएको थियो । कम्तिमा ७५ वेडको शिक्षण अस्पताल सहित केहि विशेषज्ञ चिकित्सकहरुबाट ओपिडि कक्षा समेत सन्चालनमा थियो ।
अस्पतालले आफ्नै फार्मेसी पनि सन्चालनमा ल्याएको थियो । केहि विरामी आउने क्रम पनि सुरु हुदा त्यहां अध्ययनरत प्रशिक्षार्थिहरु पनि हौसिएका थिए । आफ्नै प्रयोगशाला पनि थियो ।
तर जव मुलुकमा कोरोनाको भाइरसको संक्रमण सुरु भयो, शिक्षण अस्पताललाइ प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनायो । जुनवेला मुख्य मन्त्री शंकर पोख्रेल थिए । रजिष्टार माधव अधिकारी थिए. । सहजै विस्थापित भयो, आयुर्वेदको शिशक्षण अस्पताल ।
कोरोकाको कहर करीव तीन बर्ष चलिरहंदा प्रदेश सरकारले त्यहांका विद्यार्थिको शिक्षण अस्पतालका नाममा एकिकृत अस्पताल निर्माणकालागी केहि बजेट पनि दियो । अस्पताल भवन शिलान्यास पनि भयो । तर यो अस्पताल पनि अहिले बीचैमा अलपत्र परेको छ । यसले विद्यार्थिहरुलाइ शिषण अस्पतालको कुनै विकल्प छैन ।
अहिले सम्मका व्याचले विजौरीको प्रादेशिक आयुर्वेद चिकित्सालयलाइ शिक्षण अस्पतालका रुपमा प्रयोग गर्दै आएका थिए । अव संभवतः सो अस्पतालमा पनि सहज रुपमा विएएमएसका विद्यार्थिहरुलाइ प्राक्टिसको सहज वातावरण हुन सक्ने छैन ।
यहि पिडामा अस्पतालका डिन स्थानिय सरकारसंग प्रयोगात्मक कक्षाकालागी अस्पताल माग्न हार गुहार गरीरहेका छन् ।
मलाइ लाग्छ, अव यहांको विएएमएस कक्षा अन्योलमा पर्ने छ, किनकि सरकारले यसलाइ हेरेको छैन, अस्पताल बनाउन विश्वविद्यालयसंग एक पैसा पनि छैन’, अस्पतालका भिसि प्राध्यापक यादव लामीछानेले भने । यो अवस्थामा अव चिकित्सा शिक्षा अध्ययन संस्थानले विएएमएस कक्षाकालागी निरन्तरता दिन सक्ने छैन ।
प्राध्यापक लामीछानेका अनुसार केहि दिन अघि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसंगको कुराकानीमा पनि मेडिकल कलेज चलाउन कम्तिमा पनि दुइ सय वेडको आफ्नै अस्पताल चलाउनु पर्ने छ ।
तर नेपाल संस्कृत विश्वविद्यालयसंग त्यो हैसियत छैन । नेपाल संस्कृत विश्वविदालयका एक जना पुराना कर्मचारी भन्छन्, शिक्षण अस्पताल बनाउने प्रक्रियालाइ यहांका पदाधिकारीले कुनै पनि चासो देखाएनन् ।
यहि कारण कोरोना काल अघि निर्माण भएका भौतिक संरचना, प्रयोगशाला, एचडियु वेड लगायतका उपकरणहरु सवै अस्पताल खालि गराउदा तुलसीपुर स्थीत राप्ती प्रादेशिक अस्पतालमा लगिए ।
तर नेपाल संस्कृत विश्वविद्यालयसंग यो बीचमा केकति वेढहरु वाहिर लगिए भन्ने कुनै जानकारी छैन । कोरोना अस्पताल सन्चालनकैलागी व्यवस्थापकिय जिम्मेवारी लिएका त्यहिकै कर्मचारीहरुले पनि यो विषयमा कुनै चासो देखाएका छैनन् ।
नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीहरुबीच आवस्यक समन्वय नहुदा जिल्लाकै गौरवको विषय रहेको आयुर्वेद स्नातक तहको कक्षा समेत बन्द हुने अवस्थामा रहेको छ ।
यो विषयमा यहांका राजनितिक दलका नेता तथा जग्गा दाता तथा वेलझुण्डि क्षेत्र विकाश समिति समेत मौन रहेका छन् । यसले गर्दा पछिल्लो समयमा नेपाल संस्कृत विश्वविद्यालय माताहतको आयुर्वेद स्नातक कक्षा समेत अन्योलमा परेको छ ।
‘भिसि भन्छन्, बन्दै त नहोला, तर चल्ला भन्ने आधारहरु पनि क्रमश समाप्त हुदै गएका छन् । यसलाइ सरकारले जिम्मा लिएन भने विश्वविद्याालय व्यवस्थापनले यसलाइ थेग्न सक्ने अवस्था रहने छैन ।
गरिमालाई ध्यान दिएनन् पदाधिकारीहरुलेः सभापति शंकर डांगी
यसै प्रशंगमा नेपाली कांग्रेसका जिल्ला सभापति शंकर प्रसादज डागिले जिल्लाकै गरीमाको विषय रहेको नेपाल संस्कृत विश्वविद्यालयलाइ पदाधिकारीले जागिर खुवाउने अखडा मात्रै बनाएको अभिव्यक्ति थिएका छन् ।
यो र त्यो वाहनामा विश्वविद्यालयलाइ बन्दिी बनाएर कोल्याप्सको अवस्थामा लैजानुमा पदाधिकराीको जिम्मेवारी रहेको उनले बताएका छन ।
उनले अझै पनि नेपाल संस्कृत सिवश्वविद्यालयलाइ नेपालकै गहना बनाउनुमा सवैले हातेमालो गर्न र स्वार्थको भावना त्याग्न पनि आम नागरीकलाइ सुझाव दिएका छन् ।