२०८३ मङ्सिर ११ गते बिहिवार

लुम्बिनीसहित नव नियक्त तीन प्रदेश प्रमुखले शपथ लिँदै

दाङ, साउन १७ । लुम्बिनी प्रदेशसहित नव नियुक्त तीन प्रदेश प्रमुखहरुले बिहीबार सफथ लिदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बेलुका ५ बजे लुम्बिनी, बागमती र कर्णाली प्रदेशका प्रमुखहरुलाई सफथ गराउन लागेका हुन ।
शितलनिवासमा बिहीबार बेलुका ५ बजे प्रदेश शपथको कार्यक्रम तय गरिएको छ ।

सरकारले लुम्बिनी, कर्णाली र बागमतीका प्रदेश प्रमुखहरूलाई सोमबार मात्रै पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्तको सिफारिस गरेको थियो।


सत्ता समीकरण फेरबदल भएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर कृष्णबहादुर घर्ती मगर, कर्णाली प्रदेश प्रमुख तिलक परियार हटाएर यज्ञराज जोशी र बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई हटाएर दीपकप्रकाश देवकोटालाई प्रदेश प्रमुखका रुपमा नियुक्त गरेको थियो ।

यी नै तीन नब नियुक्त प्रदेश प्रमुखहरुले आज सफथ लिन थालेका हुन ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *