२०८३ कार्तिक २२ गते शनिवार

चिराघाट खोलाले दाजु भाइलाई संगै बगायो, भाइ पौडिएर बाँचे

तुलसीपुर, साउन १६ । शान्तिनगरको चिराघाट खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । अर्का भने पौडिएर ज्यान जोगाउन सफल भएका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका – २ झारगाउँका ६७ बर्षीय तेजबहादुर भण्डारी छन् । ६४ बर्षीय उनका भाइ चेतबहादुर भण्डारी भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जानकारी दिएको छ ।


दाजु भाइ शान्तिनगर गाउँपालिका – ४ गिदनियासिथत आफन्तको घरमा गएका थिए । आफन्तसंग भेटघाट गरि उनीहरु बुधबार दिउँसो साढे १२ बजेतिर घर तर्फ फर्किदै थिए । त्यही क्रममा चिराघाट खोला तर्ने क्रममा दाजु भाइलाई संगै खोलामा आएको बाढीले बगाएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार भाइ भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए । बगेको ठाउँभन्दा एक किलोमिटर दक्षिणमा चेतबहादुरको शब फेला परेको थियो । शब पोष्टमार्टमका लागि तुलसीपुरस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *